Showing posts with label PRIVATE. Show all posts
Showing posts with label PRIVATE. Show all posts

Saturday, February 15, 2014

Friday, June 28, 2013

शुभलाभ थापेर महावाणिज्यदूत सिफारिस ?

पोर्चुगल। फ्रान्सका लागि नेपालका राजदूत मोहनकृष्ण श्रेष्ठले शुभलाभ लिएर पोर्चुगलका लागि महावाणिज्यदूत नियुक्त गरेको कुरा परराष्ट्रमा चर्चाको विषय बनेको छ । राजदूत श्रेष्ठ पोर्चुगलका लागि पनि राजदूत हुन् र उनले त्यहाँ लामो समयदेखि महावाणिज्यदूत रहँदै आएकी मारिया तेरेसा द मातोस मार्ता दा ख्रुजलाई अन्तिम अवस्थासम्म सबै कुरा गोप्य राखेर लिस्बोनका लागि मकर हमाललाई नियुक्त गर्न सिफारिस गरेका हुन् ।

साँघु सूत्रका अनुसार, तीनवटा रेस्टुरेन्टका मालिक मकर हमालसित शुभ लाभ लिएर उनलाई सुटुक्क सिफारिस गरेको आरोप छ । सन् १९९० सालमा जर्मन सरकारले शरणार्थीको हैसियत दिन अस्वीकार गरेपछि हमाल पोर्चुगल हानिएका थिए । नेपाल सरकारको सकभर स्थानीय विदेशीलाई नै महावाणिज्यदूत बनाउने नीति हुँदाहुँदै उनले व्यक्तिगत स्वार्थ पूरा गर्दै पोर्चुगलको पासपोर्ट लिएका हमाललाई नियुक्त गरेका हुन् । त्यहाँ महा वाणिज्यदूत हुन नेपाल जानेबुझेका स्थानीय पोर्चुगाली नागरिकले पनि चाहना गरेका थिए ।

जर्मनीमा हुँदा मकर हमाल हुण्डीको कारोबारमा संलग्न थिए र थुप्रै नेपालीबाट चर्को कमिशन खाएको र ठगी गरेको भन्दै उनको चर्को विरोध हुने गरेको छ । पोर्चुगलको ग्रामीण क्षेत्रमा कृषि खेती पनि गर्दै आएका उनले त्यहाँ महिला कामदारहरू राखेका थिए । उनले त्यहाँ जाँदा रोजगारको समस्या परेका महिलाहरूमाथि शोषण गर्ने गरेको गुनासो गरिएका छन् ।

श्रेष्ठलाई मकर हमालले त्यहाँको फेलिक्स भनिने चार तारे होटेलमा धुमधामका साथ राखेका थिए । मोहनकृष्ण त्यहा रहँदाको सम्पूर्ण खर्च मकर हमालले ब्यहोरे पनि पोर्चुगल गएका बेलाको खर्च भन्दै नेपाली राजदूतावासमा खर्च विवरण पेश गरेको स्रोतले बतायो । ‘यता हामीले त्यत्रो खर्च गरियो, उता त्यही रकम यति खर्च भो भन्दै राजदूतले राजदूतावासमा पनि खर्च विवरण पेश गरेछन्’ नेपाली राजदूतावास स्रोतलाई उल्लेख गर्दै राजदूत श्रेष्ठ निकट पोर्चुगल स्रोतले बतायो ।

सूत्र भन्छ―परराष्ट्र मन्त्रालयमा सिफारिस गरेर पठाउनासाथ मकर हमालले महावाणिज्यदूत कै नामबाट कार्यक्रममा जाने र पत्राचार समेत गर्न थालेका थिए । तर उनले सिफारिस गरेको केही महिनासम्म आधिकारिक पत्र नपाएपछि त्यहाँका नेपालीहरूले प्रश्न उठाउन थाले । त्यसपछि हमालले पत्रचार गर्न रोके । आफूले सिफारिस गर्नासाथ राजदूत श्रेष्ठको चाकडी गर्न त्यहाँ उनलाई नागरिक अभिनन्दन शैलीमा ठूलो संख्यामा नेपालीहरूलाई उतारिएको थियो । सबै नेपालीलाई अनिवार्य रुपमा नेपाली पोशाक वा टाई सुट र महिलालाई नेपाली पोशाकमा उपस्थित हुनु भन्दै उर्दी जारी गरिएपछि नेपालीहरू ‘हामी यस्तो दुःखले गुजारा गरेकाले कसरी त्यत्रो पैसा तिरेर राजदूतलाई सम्मान गर्न जानैका लागि पोशाक किन्ने’भन्दै गुनासो गरेका थिए ।

मकर हमाललाई सिफारिस गरेको जानकारी दिन आयोजित साँझको भब्य भोजमा महावाणिज्यदूत मारियालाई निम्ता गरिएको थियो । हमालको नियुक्ति बारेमा त्यही दिन मात्र मारियाले थाहा पाएकी थिईन् । त्यसपछि मारियाले ‘मैले नेपालका लागि यत्रो वर्षदेखि सेवा गरें तर मलाई थाहा समेत नदिइकनै यस्तो काम गर्ने, अविश्वास गर्ने’ भन्दै गुनासो गर्ने गरेकी छिन् ।

महावाणिज्यदूत जस्तो पदमा सिफारिस गरिएका मकर हमाललाई अंग्रेजी भाषाकोसमेत दख्खल छैन । पोर्चुगिज भाषा काम चलाउ मात्रै आउँछ । तर उनलाई वाणिज्यदूत सिफारिस गराउने काममा उनैका दाहिने भएर बसेका भीमकमल केसीले पत्रचार गरिदिने र मेसो मिलाउने गरेको समाचार छ । केसी माओवादी जनयुद्धकालमा यौन काण्डको आरोप लागेपछि शिक्षा अधिकृत जस्तो पद छोडेर पोर्चुगल पुगेका व्यक्ति हुन् । केसी हाल हमालकै रेस्टुरेन्टमा काम गर्छन् ।

फेनिक्स होटेलमा राजदूत मोहन कृष्ण श्रेष्ठ चार रात बस्दा एनआरएन पोर्चुगल, नेपाल पोर्चुगल मैत्री संघका तर्फबाट मकर हमाल र एक रात राजदूत श्रेष्ठ आफैंले तामझामका साथ भोज खुवाएका थिए । हरेक भोजमा त्यहाँका नेपालीलाई नाचगान गर्न लगाउने गरिएको थियो । ‘राजदूतलाई नेपालीले ठूलो सम्मान गरे भनेर देखाउन त्यसो गरिएको हो’ स्रोतले बतायो ।

पोर्तोमा रहेकी मारियाले लिस्बोनमा रहेका नेपालीहरूलाई कागज पत्र सिफारिस गर्दा असुबिधा भएको भन्दै लिस्बोन मै शाखा खोलेर सुबिधा दिँदै आएकी थिईन् । तर मकर हमाललाई सुटुक्क सिफारिस गरेपछि उनले त्यहाँको शाखा कार्यालय बन्द गरिदिएपछि नेपालीहरूलाई थप समस्या परेको गुनासो गरेका छन् । ‘पहिले नेपालीको कागज उही दिनमा हुन्थ्यो । अहिले एनआरएनले लिस्बोनबाट कागज जम्मा पारेर पोर्तो जाने र त्यहाँबाट सिफारिस गरेर ल्याउने गर्दा महिनौंसम्म पनि लाग्ने गरेको पीडित नेपालीको गुनासो छ ।

पहिले एउटा सिफारिस बनाउँदा छ युरो लिने गरेकोमा हाल एनआरएनले १० देखि १५ युरो लिने गरेपछि नेपाली झन मर्कामा परेका छन् । तर मकर हमाल र उनका भाई पूर्ण हमालको समेत केही रेस्टुरेन्ट भएकाले पैसाको पेलाईले गर्दा धेरै नेपाली भित्रभित्रै आगो भए पनि यसलाई बाहिर सार्वजनिक गर्न डराउने गरेका छन् ।
- अप्रिल २३, २०१३/साँघु साप्ताहिक

Friday, June 21, 2013

धनपति लामिछानेको चुनावी चर्चा

चितवन निबासी जिबा लामिछाने सिभिल इन्जीनिएरिंग अध्ययनका लागि सन् १९८६ मा सोभिएत संघ गए । सन् १९८९ मा सोभिएत संघ १५ टुक्रामा विभाजित भएपछी लामिछानेको रोजाई बसाई रसिया मै हुन् थाल्यो । सिभिल इन्जिनिएरिंगको पगरी गुथेपछी लामिछानेले इन्जिनिएरिंग पेशा गरेनन, उनी इन्जिनिएरिंगलाई गोली मारी रसियामा बढ्दो इलेक्ट्रोनिक्स ब्यापारतिर हाम्फाले । गर्दै जाँदा उनको लागि सोनी, एलजी र स्याम्सुंगको ब्यापार इन्जिनिएरिंग पेशा भन्दा लाभदायी हुन् थाल्यो । ३५ देखि ३५० प्रतिशतसम्म पनि मुनाफाको आकार देखिन थाले पछी लामिछानेको घरजम रसियामै भयो भने व्यापारले संस्थागत रुप पनि लियो । दिनमा एक गुणा ब्यापार र रातमा १० गुणा मुनाफा कमाउने मेसोले उनलाई इन्जिनिएरिंग पेशा गर्न र नेपाल सरकारले दिने चुत्थो तलब हात पार्न काठमान्डू फर्कनु परेन, भलै उनि त्यहि पेशामा फर्केर नेपाल सरकारसंग मिलेर काम गर्ने कसम खाँदै रसिया पुगेका थिए ।


व्यक्तिगत सम्पत्ति राख्न नपाउने पूर्ब सोभिएत संघका बासिन्दाहरु गोर्बाचोभले पश्चिमा पुँजीपतिहरुसंगको साँठगांठमा सोभिएत संघ विघठन गरेपछि त्यहा बढ्दो व्यक्तिगत सम्पत्तिको मालिक अझ बिशेष गरी चाइनिज र जापानिज इलेक्ट्रोनिक्स सामानहरुको क्रेता बन्ने होडबाजीमा लामिछानेको आँखा त्यसतर्फ मोडियो र इन्जिनिएरिंग अध्ययन केवल रसिया पुग्ने माध्यम मात्र बन्न पुग्यो, उ बेला उनको रसिया जाने बाटो अड्किएको भए अहिले उनि थापाथलीस्थित इन्जिनिएरिंग क्याम्पसका उपप्राध्यापक हुन्थे र उही नेपाल सरकारले दिने १४ हजार तलब मासिक थाप्ने इन्जिनिएर साप हुन्थे भन्ने कुरो इन्जिनिएरिंग एसोसिएसन नेपालका पूर्ब अध्यक्ष बिमल ढकाललाई सोध्दा स्पस्ट हुन्छ नै, भाग्यबस त्यस्तो दुर्गति उनले भोग्नु परेन र रसिया पुग्ने सौभाग्य र इलेक्ट्रोनिक्स सामानको व्यापारले गर्दा लामिछाने अहिले बिदेसिएका नेपालीहरुको सुचिमा टप टेन भित्र पर्छन ।


रसियामा कमाएको अकुत सम्पत्ति थुपार्न लामिछानेले टेक्नो ट्रस्ट स्थापना गरे । उनले कमाएको धनकै तुजुककै कारण उनि अहिले सर्बत्र छाइरहेछ्न । काठमान्डूमा नै पनि कान्तिपूर इन्जिनिएरिंग कलेज, कान्तिपुर टेलिभिजन नेटवर्क, मेडिकेयर अस्पताल, सानिमा बिकास बैंक, सानिमा हाइड्रोपावर, महाजी फिल्म प्रालि, मोलिना पावर प्रालि जस्ता सुनका अण्डा पार्ने कम्पनीहरुका उनी अहिले बोर्ड अफ डाइरेक्टर छन । रसियामा कमाएको धन नेपालमा नाफा कमाउन मात्र लगानी भएको छैन, त्यहि धनले लामिछानेको ब्यापार दुबईमा समेत बिस्तार भएको छ । दुबईस्थित नेक्टर इन्टरनेसनल मार्फत रियाल थुपार्ने धनाड्य नेपालीहरुको सुचिमा दुबईमा समेत गनिन थालेका छन । उता मस्कोमा उनको व्यापारले उच्च शिखर चुम्न आँटेको छ क्रिस्टल एलएलसी मार्फत, जसले उनलाई ५० मीलिएन डलरको हाउजिंग ब्यापार गर्ने अर्का धनाड्य नेपाली उपेन्द्र महतोको हाराहारीमा पुर्याएको छ । जहा पनि उनको ब्यापार उही सोनी, एलजी र स्याम्संग ब्रान्डका इलेक्ट्रोनिक्स सामानहरुको बिक्रि वितरण गर्नु हो । उनको ब्यापारबाट आर्जित मुनाफा रसियन रुबल, नेपाली रुपैया, कतारी रियाल हुँदै अमेरिकी डलर तिर कन्भर्ट हुँदैछ ।


जिबा लामिछाने रुप एक रंग अनेक भएका पात्र हुन् भनिन्छ । उनी केही समय अघिदेखि गैर आबासीय नेपालीहरुको संगठन (एनआरएन) का इन्टरनेसनल कोअर्ड़ीनेसनल काउन्सिल (आइसिसि) का सदस्य रहीआएका छन र आसन्न एनआरएनको निर्बाचनका सर्बसम्मत अध्यक्ष पनि हुन्, यदी चमत्कार भए अर्कै कुरा अन्यथा लामिछानेको उम्मेद्वारी एनआरएनको अर्को अध्यक्षको लागि सुनिस्चित भनिन्छ, हिजो मात्र उनले त्यहि सुनिस्चितताको फाइदा उठाई उम्मेद्वारी घोषणा गरिसकेका छन् । स्थापना कालदेखि नै एनआरएनको भूमिका र यसको संरचनाले यो बिदेशिएका नेपाली धनाड्यहरुको मातृ संस्था बनिसकेकै देखाउंछ, जहा एक नम्बर धनाड्य उपेन्द्र महतो, द्वितिए देवमान हिराचन र त्रितिए लामिछाने हुन् भन्ने प्रस्ट्याएकै छ ।


लामिछानेको धनले सामाजिक सेबा क्षेत्र पनि छाएकै छ तर सम्माननीय ढंगले होइन कोहि व्यक्तिसंग संस्थागत पुरस्कार प्रदान गर्ने प्राबधान खरिद गरेर । अन्तररास्ट्रिय नेपाली साहित्य समाज (आइएनएलएस) का संस्थापक र बोर्ड अफ ट्रस्टीका अध्यक्ष होमनाथ सुबेदीलाई नजराना बुझाएर वाशिंगटन डिसी नजिकैको वूडब्रिज शहरस्थित अनेसास हेडक्वाटरबाट बाँडिने हेमलाल-हरिकला साहित्य पुरस्कारको लाइसेन्स लामिछानेले खरिद गरेका छन । आफ्ना पिता हेमलाल र माता हरिकलाको नाउमा स्थापित उक्त पुरस्कार आफ्ना मन परेका साहित्यकारहरुलाई बाड्ने र समाजसेबी देखाउन पाइने लालसा लामिछानेले पनि पालेका छन त्यो तस्करी र बैंक ठगि गर्ने सिताराम प्रसाईको धन्दा र हेम पाठकको चर्तिकला भन्दा एक इन्च फरक होइन । धन र साहित्य एक अर्काका समाधान हुन् भन्ने यो एउटा नबिन सुत्र लामिछानेले आफ्नो जीबनमा लागु गरेका छन ।


जे सुकै होस्, लामिछाने धन थुपार्ने अनबरत यात्राक्रममा छन, धनको थुप्रो एकातिर चुलिंदै जाँदा अर्कोतिर सामाजिक र सार्बजनिक पदको लोलुपता पनि उनमा बढ्दो छ । एनआरएनमा उनको उचाई थपिदोछ, कारण धनले जे पनि सम्बव हुँदो रहेछ । बिस्वभर रहेका झन्डै ५ मिलियन नेपालीहरुको आर्जनको श्रोत बिदेशी मुद्रा र त्यसको नेपाल ट्रान्सफर अर्थात रेमिट्यान्सको दाबेदार एनआरएन रहेपनि गैर आबासीयहरुका लागि चाहिने दोहोरो नागरिकता, सुरक्षा, सम्मानका खातिर केहि काम हुन् नसकेपनि बिदेशिएका धनाड्यहरुको पदसुरक्षा रहेकै छ । नेपालका दल बिशेषले गर्ने राजनीति र एनआरएनले गर्ने कामकाजमा खासै केहि भिन्नता नभएपनि चलिरहेकै छ । ''सून्य काम औधी नाम" कमाएका उपेन्द्र महतो र देवमान हिराचनको निरन्तरता भन्दा लामिछानेको कार्यकाल के चाहि कारणले फरक होला भनेर दंग पर्नु? -गैर आबासीयहरु भन्ने गर्छन ।


अर्को कुरा सन् १९८६ देखि १९९२ सम्म काठमान्डू पक्नाजोलका शाक्य र श्रेष्ठको एजेन्सीसंग मिलेर सयौं नेपाली गरिब बिद्यार्थीहरुलाई मस्कोका इन्जिनिएरिंग कलेजहरुमा भर्ना गराउँदा अनाबस्यक रुपमा तिराएको र दलाली गरेर खाएको आरोप मात्र धनपति लामिछानेलाई लाग्दै आएको असत्य थिएन, सतप्रतिशत सत्यता त्यसमा रहेको थियो भनेर इन्जिनिएरिंग अध्ययन संस्थान काठमान्डूका पदाधीकारीले उबेला नै बताएका थिए । उनलाई आरोप मात्र लगाएका होइनन, उनीमाथि कुनै बेला नेपाली बिद्यार्थीहरुले हातपात गर्ने अबस्था नै समेत सिर्जना भएको थियो । लामिछानेलाई पछिल्लो समयमा उनका हितैषी माओबादीका हतियार इन्जिनिएर राम बाहादुर थापा बादलले समेत निकै भरथेग गरेका थिए र माओबादीको शाशनकालमा त उनी माओबादी नै प्रवेश गरेको समेत चर्चा चलेको थियो, कारण हो अहिलेपनि एनआरएनका बहुमत सदस्यहरु विशेषगरी युरोपमा माओबादीका समर्थक रहेको अनुमान गरिन्छ ।

मानव तस्करीमा गैआनेसंघ ?

गैर आवासीय नेपाली संघ साउदी अरबले उसको सातौं बैठकबाट महिला बेच बिखनमा संलग्न अबैध दलालहरू तथा अबैध दलाली गर्ने बैध दलालहरूको पहिचान गरी पक्राउ गर्न मदत पुर्याउने बढीमा १० जनाका लागि पुग्ने गरी कूल रू. १ लाख पुरस्कार दिने निर्णय गरेको छ । यहि मार्चको पहिलो साता सम्पन्न आठौं बैठकबाट साउदी अरबको हफर अल बातेन शहरमा कृयाशिल स्थानीय नौलो नेपाली युवा संघ र नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबलाई संयुक्त रूपमा पहिलो पुरस्कार रू. १० हजार दिने निर्णय गरेको छ ।

एक नेपाली चेली इन्दिरा दंगाललाई नेपालबाट कुवेत ल्याउने दलाल हाल कुवेतमा रहेकी कमला खत्री हुन । उनले इन्दिरालाई नेपाल सरकारको श्रम विभागमा घूस ख्वाएर श्रम स्वीकृति लिइ कुवेत ल्याएको र त्यहां केही महिना मात्र राखेर साउदी अरब बिना कानूनी कागजात पठाएकी थिइन, यो कार्य बैदेशिक रोजगारमा पूर्णत्: अबैधानिक हो र श्रम सम्झौताको ठाडो उलंघन पनि हो । साउदी अरबको हफर अल बातेन शहरमा साउदीहरूका घर घरमा बेच्दै भोकभोकै हरेक दिन १८-२० घण्टासम्म काम गराउनु, घरका मालिकले कुटपिट गर्नु, तलब नदिनु अनि कमलासग तलब माग्दा उनि भागि भागि हिड्नु आदि श्रम शोषण, ठगी र अत्याचारको पराकाष्ठा हो ।

इन्दिरालाई बेच्ने दलाल कमला खत्री भएको प्रमाण सहित नेपाली जनप्रगतिशिल मञ्चले इन्दिरालाई न्याय र क्षतिपूर्ति दिलाउन तथा कमलालाई कानूनी कार्बाहि अगाडी बढाउन प्रयत्नशील रहेको साउदी अरबका एकजना एनआरएन सदस्यले बताएका छन । मानव तस्करीमा संलग्न कमलाका बिरूद्ध नेपाली दूतावास कुवेतमा उजुरी परेको र पीडित इन्दिराले बैदेशिक रोजगार बिभाग र काठमान्डूस्थित माओवादी पार्टी कार्यालयमा न्याय र क्षतिपूर्ति तथा दलाललाई कानूनी सजायको माग गर्दै उजुरी दिइएको बताएको छ । कुबेतबाट एकजना एनआरएन सदस्य लेख्छन - मानव तस्करीमा संलग्न कमलालाई एनआरएनए एनसिसी कुवेतले हालै मात्र आफ्नो महिला प्रतिनिधिमा मनोनित गरेको छ । एनआरएनले नियतबस कमलालाई बचाउ गर्न महिला सदस्यमा मनोनयन गरिएको हो भन्ने एनआरएन साउदी अरब र कुबेतका अधिकाम्स सदस्यहरुमा आम चिन्ता बढ्दो छ । उक्त मनोनयनका बिरूद्ध कडा आपत्ती जनाउदै कुवेतबाटै एनआरएनए आइसिसी सदस्यमा मनोनित सदस्य ध्रुब कुमार संग्रौलाले कमला खत्रीलाई एनआरएनएमा मनोनयन पछी राजिनामा दिए । एनआरएनए आइसिसीले संग्रौलाको राजिनामा स्वीकृत गरेको छ तर कमलालाई भने अझै पनि एनसिसीमै राखी संस्थागत संरक्षण दिइरहेको बताइएको छ ।

एउटी निमुखा गरिब महिलालाई साउदी अरबका धनाड्य सुल्तानहरुकहा तस्करी गरि बेचबिखन गर्ने अर्की मानव तस्कर महिलालाई कुवेतको एनआरएनएले संरक्षण दिए पछी शुरूभएको राजिनामाको लहरले एनआरएनए साउदी अरबलाई पनि प्रभाव पार्न शुरु गरेको बताइएको छ । हालै मात्र एनआरएनएलाई दलाल, ठग, शोषक र कमिशनखोरहरूको संस्था भन्दै एनआरएनए साउदी अरबका एनसिसी सचिव डोर बहादुर कार्की सहित ३ जनाले ‘सामुहिक राजिनामा’ गरे । यसरी मानव तस्करी गर्ने कमला खत्रीलाई एनआरएन कुबेतले च्यापी रहंदा समग्र एनआरएनए नै बदनाम हुने, यस संस्थाको छबि र प्रतिष्ठामा गम्भीर आंच आउने र एनआरएनएले नैतिक र सामाजिक धरातलमा ठूलै सांगठनिक क्षति ब्यहोर्नुपर्ने अप्रिय परिस्थिती पैदा भएको बताइएको छ ।

आखिर यी सब ताण्डव नृत्य कसका कारणले हो त्? यसको लेखाजोखा कसले गर्ने? एक नेपाली चेलीको बेचबिखन र उनको मानव अधिकार हननको दारुण कथा बाहिर छ्यालब्याल भैरहदा एनआरएन कुबेतका अध्यक्ष राजेन्द्र तामांग, एनआरएन साउदी अरबका अध्यक्ष धरम केसी, मध्यपूर्बका एनआरएन क्षेत्रीय संयोजक नरेन्द्र कुमार भाट, उपसंयोजक लोक नाथ सुबेदी, अन्तररास्ट्रिय महिला संयोजक रन्जु थापा, उपसंयोजक राधा बस्न्यात, कुवेतका आइसीसी सदस्य राजन कुवर, ओमानका आइसीसी सदस्य टिकाराम ढकाल, कतारका आइसीसी सदस्य अजिजुर रहमान सेख, साउदी अरबियाका आइसीसी सदस्य राजु पौडेल, युएइका आसिसी सदस्य बिमल पाख्रिन, युएइकै अर्का आइसीसी सदस्य छत्र बहादुर लामा कुन दुलोमा मस्त निन्द्रामा छन त्? अनि सबैको नेतृत्व गर्ने अध्यक्ष जिबा लामिछाने, उपाध्यक्ष द्वय हितमान गुरुङ र रामेस्वर शाहा, महासचिब तेन्जी शेर्पा, सचिब टेक बहादुर कार्की, कोषाध्यक्ष भवन भट्ट र प्रबक्ता डाक्टर हेमराज शर्मा के हेरेर बसिरहेका छन?

जानाजान एउटी मानव तस्कर गैआनेसंघको सदस्य बनाइन्छ र उनको कालो धन्दा र अपराध एनआरएनको लोगोभित्र लुकाइन्छ भने त्यसको जिम्मेवार राजेन्द्र तामांग मात्र होइन जिबा लामिछाने र सिंगो एनआरएन होइनन त? मध्यपूर्वका देशबाट नेपाल फर्कदै गरेका हरेक नेपालीले एलजी ब्रान्डको टिभी नेपाल लैजान पाउनु पर्ने र त्यसको त्रिभूवन बिमानस्थलमा भन्सार महसुल नलगाउन जिबा लामिछानेले प्रधानमन्त्री बाबुराम भट्टराई र अर्थमन्त्रि बर्षामान पुनलाई जिउहजुर गर्नुको पछाडी लामिछानेको व्यापारका नेपाली ग्राहकहरुलाई जबर्जस्ति महंगा एलजीका समान भिडाउने प्रपन्च नबुझ्ने यो संसारमा कुनचाहि नेपाली बाँकी होला?

आफ्नो व्यक्तिगत ब्यापार र मुनाफाका लागि आबद्द एनआरएनका बर्तमान आइसीसी र एनसिसिका पदालुहरुले एनआरएनको लोगो भजाउने काम गरिरहेका छन एकातिर भने अर्कोतिर पैसा भएका तर अपराधकर्ममा शिखर व्यक्ति नै भएपनि क्षमादान दिने काम पनि तिनीहरुबाट नै भैरहेको छ, यो गैरजिम्मेवारी मात्र होइन बिस्वव्यापी नेपालीहरुलाई नै दबाउने कदम पनि हो, यसलाई रोक्न बिदेसिएका नेपालीहरुले सकेनन भने हिजो उपेन्द्र यादव र देवमान हिराचनले एनआरएनको लोगो भजाएको भन्दा झन् खतरनाक दुस्परिणाम लामिछाने प्रसाशनले निम्त्याउदैछ भनेर नेपालीहरुले बुझ्न जरुरि छ ।