गैर आवासीय नेपाली संघ साउदी अरबले उसको सातौं बैठकबाट महिला बेच बिखनमा संलग्न अबैध दलालहरू तथा अबैध दलाली गर्ने बैध दलालहरूको पहिचान गरी पक्राउ गर्न मदत पुर्याउने बढीमा १० जनाका लागि पुग्ने गरी कूल रू. १ लाख पुरस्कार दिने निर्णय गरेको छ । यहि मार्चको पहिलो साता सम्पन्न आठौं बैठकबाट साउदी अरबको हफर अल बातेन शहरमा कृयाशिल स्थानीय नौलो नेपाली युवा संघ र नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबलाई संयुक्त रूपमा पहिलो पुरस्कार रू. १० हजार दिने निर्णय गरेको छ ।
एक नेपाली चेली इन्दिरा दंगाललाई नेपालबाट कुवेत ल्याउने दलाल हाल कुवेतमा रहेकी कमला खत्री हुन । उनले इन्दिरालाई नेपाल सरकारको श्रम विभागमा घूस ख्वाएर श्रम स्वीकृति लिइ कुवेत ल्याएको र त्यहां केही महिना मात्र राखेर साउदी अरब बिना कानूनी कागजात पठाएकी थिइन, यो कार्य बैदेशिक रोजगारमा पूर्णत्: अबैधानिक हो र श्रम सम्झौताको ठाडो उलंघन पनि हो । साउदी अरबको हफर अल बातेन शहरमा साउदीहरूका घर घरमा बेच्दै भोकभोकै हरेक दिन १८-२० घण्टासम्म काम गराउनु, घरका मालिकले कुटपिट गर्नु, तलब नदिनु अनि कमलासग तलब माग्दा उनि भागि भागि हिड्नु आदि श्रम शोषण, ठगी र अत्याचारको पराकाष्ठा हो ।
इन्दिरालाई बेच्ने दलाल कमला खत्री भएको प्रमाण सहित नेपाली जनप्रगतिशिल मञ्चले इन्दिरालाई न्याय र क्षतिपूर्ति दिलाउन तथा कमलालाई कानूनी कार्बाहि अगाडी बढाउन प्रयत्नशील रहेको साउदी अरबका एकजना एनआरएन सदस्यले बताएका छन । मानव तस्करीमा संलग्न कमलाका बिरूद्ध नेपाली दूतावास कुवेतमा उजुरी परेको र पीडित इन्दिराले बैदेशिक रोजगार बिभाग र काठमान्डूस्थित माओवादी पार्टी कार्यालयमा न्याय र क्षतिपूर्ति तथा दलाललाई कानूनी सजायको माग गर्दै उजुरी दिइएको बताएको छ । कुबेतबाट एकजना एनआरएन सदस्य लेख्छन - मानव तस्करीमा संलग्न कमलालाई एनआरएनए एनसिसी कुवेतले हालै मात्र आफ्नो महिला प्रतिनिधिमा मनोनित गरेको छ । एनआरएनले नियतबस कमलालाई बचाउ गर्न महिला सदस्यमा मनोनयन गरिएको हो भन्ने एनआरएन साउदी अरब र कुबेतका अधिकाम्स सदस्यहरुमा आम चिन्ता बढ्दो छ । उक्त मनोनयनका बिरूद्ध कडा आपत्ती जनाउदै कुवेतबाटै एनआरएनए आइसिसी सदस्यमा मनोनित सदस्य ध्रुब कुमार संग्रौलाले कमला खत्रीलाई एनआरएनएमा मनोनयन पछी राजिनामा दिए । एनआरएनए आइसिसीले संग्रौलाको राजिनामा स्वीकृत गरेको छ तर कमलालाई भने अझै पनि एनसिसीमै राखी संस्थागत संरक्षण दिइरहेको बताइएको छ ।
एउटी निमुखा गरिब महिलालाई साउदी अरबका धनाड्य सुल्तानहरुकहा तस्करी गरि बेचबिखन गर्ने अर्की मानव तस्कर महिलालाई कुवेतको एनआरएनएले संरक्षण दिए पछी शुरूभएको राजिनामाको लहरले एनआरएनए साउदी अरबलाई पनि प्रभाव पार्न शुरु गरेको बताइएको छ । हालै मात्र एनआरएनएलाई दलाल, ठग, शोषक र कमिशनखोरहरूको संस्था भन्दै एनआरएनए साउदी अरबका एनसिसी सचिव डोर बहादुर कार्की सहित ३ जनाले ‘सामुहिक राजिनामा’ गरे । यसरी मानव तस्करी गर्ने कमला खत्रीलाई एनआरएन कुबेतले च्यापी रहंदा समग्र एनआरएनए नै बदनाम हुने, यस संस्थाको छबि र प्रतिष्ठामा गम्भीर आंच आउने र एनआरएनएले नैतिक र सामाजिक धरातलमा ठूलै सांगठनिक क्षति ब्यहोर्नुपर्ने अप्रिय परिस्थिती पैदा भएको बताइएको छ ।

आखिर यी सब ताण्डव नृत्य कसका कारणले हो त्? यसको लेखाजोखा कसले गर्ने? एक नेपाली चेलीको बेचबिखन र उनको मानव अधिकार हननको दारुण कथा बाहिर छ्यालब्याल भैरहदा एनआरएन कुबेतका अध्यक्ष राजेन्द्र तामांग, एनआरएन साउदी अरबका अध्यक्ष धरम केसी, मध्यपूर्बका एनआरएन क्षेत्रीय संयोजक नरेन्द्र कुमार भाट, उपसंयोजक लोक नाथ सुबेदी, अन्तररास्ट्रिय महिला संयोजक रन्जु थापा, उपसंयोजक राधा बस्न्यात, कुवेतका आइसीसी सदस्य राजन कुवर, ओमानका आइसीसी सदस्य टिकाराम ढकाल, कतारका आइसीसी सदस्य अजिजुर रहमान सेख, साउदी अरबियाका आइसीसी सदस्य राजु पौडेल, युएइका आसिसी सदस्य बिमल पाख्रिन, युएइकै अर्का आइसीसी सदस्य छत्र बहादुर लामा कुन दुलोमा मस्त निन्द्रामा छन त्? अनि सबैको नेतृत्व गर्ने अध्यक्ष जिबा लामिछाने, उपाध्यक्ष द्वय हितमान गुरुङ र रामेस्वर शाहा, महासचिब तेन्जी शेर्पा, सचिब टेक बहादुर कार्की, कोषाध्यक्ष भवन भट्ट र प्रबक्ता डाक्टर हेमराज शर्मा के हेरेर बसिरहेका छन?
जानाजान एउटी मानव तस्कर गैआनेसंघको सदस्य बनाइन्छ र उनको कालो धन्दा र अपराध एनआरएनको लोगोभित्र लुकाइन्छ भने त्यसको जिम्मेवार राजेन्द्र तामांग मात्र होइन जिबा लामिछाने र सिंगो एनआरएन होइनन त? मध्यपूर्वका देशबाट नेपाल फर्कदै गरेका हरेक नेपालीले एलजी ब्रान्डको टिभी नेपाल लैजान पाउनु पर्ने र त्यसको त्रिभूवन बिमानस्थलमा भन्सार महसुल नलगाउन जिबा लामिछानेले प्रधानमन्त्री बाबुराम भट्टराई र अर्थमन्त्रि बर्षामान पुनलाई जिउहजुर गर्नुको पछाडी लामिछानेको व्यापारका नेपाली ग्राहकहरुलाई जबर्जस्ति महंगा एलजीका समान भिडाउने प्रपन्च नबुझ्ने यो संसारमा कुनचाहि नेपाली बाँकी होला?
आफ्नो व्यक्तिगत ब्यापार र मुनाफाका लागि आबद्द एनआरएनका बर्तमान आइसीसी र एनसिसिका पदालुहरुले एनआरएनको लोगो भजाउने काम गरिरहेका छन एकातिर भने अर्कोतिर पैसा भएका तर अपराधकर्ममा शिखर व्यक्ति नै भएपनि क्षमादान दिने काम पनि तिनीहरुबाट नै भैरहेको छ, यो गैरजिम्मेवारी मात्र होइन बिस्वव्यापी नेपालीहरुलाई नै दबाउने कदम पनि हो, यसलाई रोक्न बिदेसिएका नेपालीहरुले सकेनन भने हिजो उपेन्द्र यादव र देवमान हिराचनले एनआरएनको लोगो भजाएको भन्दा झन् खतरनाक दुस्परिणाम लामिछाने प्रसाशनले निम्त्याउदैछ भनेर नेपालीहरुले बुझ्न जरुरि छ ।