पोर्चुगल। फ्रान्सका लागि नेपालका राजदूत मोहनकृष्ण श्रेष्ठले शुभलाभ लिएर पोर्चुगलका लागि महावाणिज्यदूत नियुक्त गरेको कुरा परराष्ट्रमा चर्चाको विषय बनेको छ । राजदूत श्रेष्ठ पोर्चुगलका लागि पनि राजदूत हुन् र उनले त्यहाँ लामो समयदेखि महावाणिज्यदूत रहँदै आएकी मारिया तेरेसा द मातोस मार्ता दा ख्रुजलाई अन्तिम अवस्थासम्म सबै कुरा गोप्य राखेर लिस्बोनका लागि मकर हमाललाई नियुक्त गर्न सिफारिस गरेका हुन् ।
साँघु सूत्रका अनुसार, तीनवटा रेस्टुरेन्टका मालिक मकर हमालसित शुभ लाभ लिएर उनलाई सुटुक्क सिफारिस गरेको आरोप छ । सन् १९९० सालमा जर्मन सरकारले शरणार्थीको हैसियत दिन अस्वीकार गरेपछि हमाल पोर्चुगल हानिएका थिए । नेपाल सरकारको सकभर स्थानीय विदेशीलाई नै महावाणिज्यदूत बनाउने नीति हुँदाहुँदै उनले व्यक्तिगत स्वार्थ पूरा गर्दै पोर्चुगलको पासपोर्ट लिएका हमाललाई नियुक्त गरेका हुन् । त्यहाँ महा वाणिज्यदूत हुन नेपाल जानेबुझेका स्थानीय पोर्चुगाली नागरिकले पनि चाहना गरेका थिए ।
जर्मनीमा हुँदा मकर हमाल हुण्डीको कारोबारमा संलग्न थिए र थुप्रै नेपालीबाट चर्को कमिशन खाएको र ठगी गरेको भन्दै उनको चर्को विरोध हुने गरेको छ । पोर्चुगलको ग्रामीण क्षेत्रमा कृषि खेती पनि गर्दै आएका उनले त्यहाँ महिला कामदारहरू राखेका थिए । उनले त्यहाँ जाँदा रोजगारको समस्या परेका महिलाहरूमाथि शोषण गर्ने गरेको गुनासो गरिएका छन् ।
श्रेष्ठलाई मकर हमालले त्यहाँको फेलिक्स भनिने चार तारे होटेलमा धुमधामका साथ राखेका थिए । मोहनकृष्ण त्यहा रहँदाको सम्पूर्ण खर्च मकर हमालले ब्यहोरे पनि पोर्चुगल गएका बेलाको खर्च भन्दै नेपाली राजदूतावासमा खर्च विवरण पेश गरेको स्रोतले बतायो । ‘यता हामीले त्यत्रो खर्च गरियो, उता त्यही रकम यति खर्च भो भन्दै राजदूतले राजदूतावासमा पनि खर्च विवरण पेश गरेछन्’ नेपाली राजदूतावास स्रोतलाई उल्लेख गर्दै राजदूत श्रेष्ठ निकट पोर्चुगल स्रोतले बतायो ।
सूत्र भन्छ―परराष्ट्र मन्त्रालयमा सिफारिस गरेर पठाउनासाथ मकर हमालले महावाणिज्यदूत कै नामबाट कार्यक्रममा जाने र पत्राचार समेत गर्न थालेका थिए । तर उनले सिफारिस गरेको केही महिनासम्म आधिकारिक पत्र नपाएपछि त्यहाँका नेपालीहरूले प्रश्न उठाउन थाले । त्यसपछि हमालले पत्रचार गर्न रोके । आफूले सिफारिस गर्नासाथ राजदूत श्रेष्ठको चाकडी गर्न त्यहाँ उनलाई नागरिक अभिनन्दन शैलीमा ठूलो संख्यामा नेपालीहरूलाई उतारिएको थियो । सबै नेपालीलाई अनिवार्य रुपमा नेपाली पोशाक वा टाई सुट र महिलालाई नेपाली पोशाकमा उपस्थित हुनु भन्दै उर्दी जारी गरिएपछि नेपालीहरू ‘हामी यस्तो दुःखले गुजारा गरेकाले कसरी त्यत्रो पैसा तिरेर राजदूतलाई सम्मान गर्न जानैका लागि पोशाक किन्ने’भन्दै गुनासो गरेका थिए ।
मकर हमाललाई सिफारिस गरेको जानकारी दिन आयोजित साँझको भब्य भोजमा महावाणिज्यदूत मारियालाई निम्ता गरिएको थियो । हमालको नियुक्ति बारेमा त्यही दिन मात्र मारियाले थाहा पाएकी थिईन् । त्यसपछि मारियाले ‘मैले नेपालका लागि यत्रो वर्षदेखि सेवा गरें तर मलाई थाहा समेत नदिइकनै यस्तो काम गर्ने, अविश्वास गर्ने’ भन्दै गुनासो गर्ने गरेकी छिन् ।
महावाणिज्यदूत जस्तो पदमा सिफारिस गरिएका मकर हमाललाई अंग्रेजी भाषाकोसमेत दख्खल छैन । पोर्चुगिज भाषा काम चलाउ मात्रै आउँछ । तर उनलाई वाणिज्यदूत सिफारिस गराउने काममा उनैका दाहिने भएर बसेका भीमकमल केसीले पत्रचार गरिदिने र मेसो मिलाउने गरेको समाचार छ । केसी माओवादी जनयुद्धकालमा यौन काण्डको आरोप लागेपछि शिक्षा अधिकृत जस्तो पद छोडेर पोर्चुगल पुगेका व्यक्ति हुन् । केसी हाल हमालकै रेस्टुरेन्टमा काम गर्छन् ।
फेनिक्स होटेलमा राजदूत मोहन कृष्ण श्रेष्ठ चार रात बस्दा एनआरएन पोर्चुगल, नेपाल पोर्चुगल मैत्री संघका तर्फबाट मकर हमाल र एक रात राजदूत श्रेष्ठ आफैंले तामझामका साथ भोज खुवाएका थिए । हरेक भोजमा त्यहाँका नेपालीलाई नाचगान गर्न लगाउने गरिएको थियो । ‘राजदूतलाई नेपालीले ठूलो सम्मान गरे भनेर देखाउन त्यसो गरिएको हो’ स्रोतले बतायो ।
पोर्तोमा रहेकी मारियाले लिस्बोनमा रहेका नेपालीहरूलाई कागज पत्र सिफारिस गर्दा असुबिधा भएको भन्दै लिस्बोन मै शाखा खोलेर सुबिधा दिँदै आएकी थिईन् । तर मकर हमाललाई सुटुक्क सिफारिस गरेपछि उनले त्यहाँको शाखा कार्यालय बन्द गरिदिएपछि नेपालीहरूलाई थप समस्या परेको गुनासो गरेका छन् । ‘पहिले नेपालीको कागज उही दिनमा हुन्थ्यो । अहिले एनआरएनले लिस्बोनबाट कागज जम्मा पारेर पोर्तो जाने र त्यहाँबाट सिफारिस गरेर ल्याउने गर्दा महिनौंसम्म पनि लाग्ने गरेको पीडित नेपालीको गुनासो छ ।
पहिले एउटा सिफारिस बनाउँदा छ युरो लिने गरेकोमा हाल एनआरएनले १० देखि १५ युरो लिने गरेपछि नेपाली झन मर्कामा परेका छन् । तर मकर हमाल र उनका भाई पूर्ण हमालको समेत केही रेस्टुरेन्ट भएकाले पैसाको पेलाईले गर्दा धेरै नेपाली भित्रभित्रै आगो भए पनि यसलाई बाहिर सार्वजनिक गर्न डराउने गरेका छन् ।

- अप्रिल २३, २०१३/साँघु साप्ताहिक