महत्वपूर्ण लिंकहरु
आज नेपालमा
:
31 October 2010 A.D. / Sunday 14 Kartik 2067 B.S.
लिस्बोन ३० अक्टोबर
यूरोपमा हरेक बर्षको अक्टोबर महिनाको अन्तिम आइतवार र मार्च महिनाको अन्तिम आइतवार समय परिबर्तन हुने गर्दछ। गर्मि याममा ढिलो सुर्यास्त हुने र जाडो याममा चाडै अध्यारो हुने भएकोले दैनिक जीवनमा सहजता आओस भन्ने हेतुले समय परिबर्तन गर्ने गरिन्छ। गर्मि याममा एक घण्टा बढाईन्छ र जाडो याममा घटाईन्छ। पोर्तुगलमा आइतवार बिहान २ बज्दा घडीको सुईलाई घटाएर १ मा लगिन्छ। युरोपमा समयको महत्व धेरै छ, तपाईहरु पनि घडीको सुई परिबर्तन गर्न बिर्सिएर काम लगायतका अन्य महत्वपुर्ण कार्यमा समय भन्दा अगावै पुग्नुहोला त्यसैले सुत्नु अगावै घडी मिलाएर सुत्नुहोस।