Tuesday, July 10, 2012

इजरायलबाट बिना बाबुका बच्चा बोकेर फर्कदै नेपाली चेली

नेपाली महिलाहरुको लागि राम्रो रोजगारदाताको रुपमा चिनिएको देश इजरायल । जहाँ धेरै नेपाली महिलाहरु रोजगारको शिलशिलामा पुगेका छन । त्यो भन्दा बढी त ८० हजार नेपाली कामदारहरु इजरायल लैजानको लागि दूई देश बिच सम्झौता पनि हुँदै छ र शुरुका दिनहरुमा राम्रो आयआर्जन हुने कुरा गरिए पनी पछिल्लो दिनहरुमा देशको बदनाम हुने गरि नकारात्मक गतिविधिहरुले निकै तहल्का मच्चेको छ । त्यहाँ महिलाहरु केटा फेर्ने प्रतिस्पर्धा नै चलेको छ इन्डियन, अरबी र केहि नेपाली मूलका केटाहरुसंग केटीहरु नराम्रारी फस्ने गरेका छन् । 

महिनामा २/ ३ जना ब्वाई फ्रेन्ड परिबर्तन हुन्छन त्यति मात्र होइन बाहिर आएका मध्ये करिब २५ जनाले बिना बाबुका बच्चा जन्माएका छन् । अहिले तिनीहरुको अवस्था दाँयानिय रहेको छ । अब त्यो बच्चा लगेर कहाँ जाने आफ्नो देशमा जाउ त समाजमा कसरि मुख देखाउने भन्ने समस्याले नेपाली चेलीहरु चिन्तित छन बिदेशमा बच्चा भएपछि काम दिदैन यसरी राम्रो तलबको लोभमा अर्काको छोरीचेली, श्रीमती अनि लोग्ने समेत बिग्रेका छन् , भर्खरै मात्र सोलुखुम्बुका एक जनाले बाबु बिनाको बच्चा पाएका छन्, त्यसै गरि सिन्धुपाल्चोककी १ जनाले पनि हालसालै बच्चा पाएका छन्, त्यसै गरि झापा, पोखरा, मकवानपुरका नेपालीहरु चेलीहरुले पनि बिना बाबुका बच्चा जन्माएका छन । 

यसरी एक्लो फाइदा मात्र हेर्दा सामाजिक प्रतिस्ठालाई पनि ख्याल गर्नु आवश्यक छ ।जो यस्तो कार्यमा संलग्न छन् तिनका भबिष्य अन्यौलमा छ, इजरायलमा कतिपय बुढो मान्छे हेर्ने केटीहरु उनकै श्रीमती जस्तो गरी राख्ने र काम लगाउने गरेको पनि भेटिएका छन । यसरी कमजोरीको फाइदा उठाएर रोजगारी दिने नाममा नेपाली महिलाहरुको अस्तित्व जोखिममा पारीरहेको छ । यसतर्फ तपाई हामीले ध्यान दिनु आवश्यक छ ।